सरकारले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुका लागि आयकरमा विशेष व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि कर तथा राजश्वका दर र नयाँ व्यवस्थाहरु प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था बजेटमार्फत भएको छ ।

हाल विभिन्न वाणिज्य बैंकहरुका सहायक कम्पनीहरु(मर्चेन्ट बैंक)को व्यवस्थापनमा हाल देशमा डेढ दर्जनको हाराहारीमा म्युचुअल फण्डहरु संचालनमा छन् ।

तपाईको प्रतिक्रिया