
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले हकप्रद निष्काशनको लागु बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले जेठ ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ ।