आजभोलि सामाजिक सञ्जालमार्फत सहयोगीहरुको हात दिनप्रतिदिन बढ्दै गईरहेको छ । यस्तै सामाजिक सञ्जालमार्फत सहयोगी भूमिका खेल्दै आएको सामाजिक सञ्जालको एक नाम हो “वीई कियर” । युबाहरुको संजाल “वीई कियर” नामक सामाजिक सञ्जालले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो कार्य आज सम्पन्न गरेको छ ।

कोभिड –१९ को दोस्रो लहरसंगै अफ्ट्यारो अवस्थामा दिन रात खटिरहनुहुने स्वास्थकर्मीहरुलाई थोरै राहत पु¥याउने स्वास्थ सामाग्री पिईपि सेट, माक्स , रेनकोट लगायतका सामाग्री सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। “वीई कियर” सञ्जालका संयोजक बुद्ध भुषण योञ्जन तथा अन्य प्रतिनिधिहरु उपस्थित भएर स्वास्थ मापदण्ड पूरा गरेर उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

गाउँ घर समाज अनि विभिन्न ठाँउहरुमा समस्यामा परेका दुखीहरुलाई सकेको सहयोग गर्ने उदेश्यले स्थापना गरिएको यस ग्रुपले प्रदेश नम्बर १ को ईलाम जिल्ला सुर्योदय नगरपालिका वडा नं. १४ ठुलोबर्दुमा रहनुहुने स्वास्थकर्मीलाई सहयोग गरि आफ्नो कर्तव्य निर्वाह गर्न सुरुवात गरेको हो। यो कार्यक्रम सफल बनाउन र एकजुट भएर आर्थिक सहयोग देखि लिएर सल्लाह सुझाब साथ सहकार्य गर्नुहुने सम्पुर्ण युबा साथिहरुमा हृदयदेखिको आभार व्यक्त गरेको छ साथै आगामी दिनहरुमा पनि समाजको लागि दिनदुखीहरुको लागि सदैब काम गरिरहने प्रतिज्ञा “वीई कियर” सञ्जालका संयोजक बुद्ध भुषण योञ्जनले बताउनुभयो।

आजको यस विषम परिस्थितीको सामना गर्दै एकजुट भई विश्व स्वास्थ संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अक्षरस् पालना गर्नु आजको आवश्यकता रहेको “वीई कियर” सामाजिक सञ्जालका प्रतिनिधि पुष्प भट्टराईले बताउनु भयो ।

“वीई कियर” सँग जोडिन तलको लिङ्क क्लिक गर्नुहोला

 

तपाईको प्रतिक्रिया