जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले जेठ ३० गते यो लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसँगै अब यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो चुक्तापुँजीको ३२.५० प्रतिशतबराबर हुन आउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

इक्रा नेपालले जीवन विकासको यो आईपीओलाई ‘(इक्रा–आईआर) बीबीबी’ माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने जनाउँछ।

तपाईको प्रतिक्रिया