समृद्धि फाइनान्सको लिलामी राखिएको १३ लाख ८० हजार ७१८ कित्ता शेयरमा शिलबन्दी बोलपत्र भर्ने आज अन्तिम दिन रहेको छ ।
फाइनान्सले उक्त शेयर असार ३ गतेदेखि १० गतेसम्म आवेदन गर्न पाउनेगरी लिलामीमा राखेको थियो ।

फाइनान्सको संस्थापक शेयरका लागि प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैंयाको दरमा कम्तीमा १०० कित्ताका लागि आवेदन गर्नुपर्नेछ । अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सको लिलामी शेयरमा आवेदन दिनका लागि बिक्री प्रबन्धक बिओके क्यापिटल नक्साल, बैंक अफ काठमाण्डूका शाखाहरु मेनरोड बिराटनगर, बिर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, धम्बोजी, नेपालगञ्ज, बीरेन्द्रनगर र धनगढीबाट आवेदन दिन सकिनेछ ।

त्यसै गरी समृद्धि फाइनान्सको मुख्य कार्यालय हेटौंडाका साथै शाखा कार्यालयहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणघाटका साथै ज्योती विकास बैंकको महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद अवितरित १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक समूहको शयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

तपाईको प्रतिक्रिया