नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले हिजो असार १० गते तेह्रथुम पावरलाई १२ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ।

तेह्रथुम पावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया