
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आरबीबी म्युचुअल फन्डअन्तर्गत १ अर्ब रुपैयाँको आरबीबी म्युचुअल फन्ड–१ का इकाइहरु आज असार २३ गतेदेखि बिक्री खुला गरिएको छ। यस योजनाको कोष प्रवर्द्धधक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो एक बन्दमुखी योजना हो। यो योजनाको अवधि ७ वर्ष रहनेछ।
कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल १० करोड इकाइ रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पुँजीका रुपमा लगानी गर्नेछ। प्रतिइकाइ मूल्य १० रुपैयाँ रहेको म्युचल फन्डमा अधिकतम १ करोड इकाइ संख्यासम्म लगानी गर्न सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। यो योजनामा सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।
यस योजनाका इकाइहरुको बिक्री बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बैंकिङ सयमपछि हुनेछ।