प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्नेछन्।
सर्वोच्च अदालतले हिजो शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आज बजेसम्मको समय दिएको छ। त्यसअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्नुअघि नै दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक डाकिएको छ।

Online Arthik










