आरबिबि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट भएको छ । यस फण्डले असार २३ गतेदेखि २७ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई विक्री खुला गरेको थियो ।

सार्वजनिक निष्कासन गर्दा मागभन्दा बढी रकमको आवेदन पर्न आएकाले योजनाको आकार २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड रुपैयाँ बरारबको १२ करोड ५० लाख इकाई कायम गरी रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते इकाई बाँडफाँट गरिएको हो ।  आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा ७ वर्षे अवधिको बन्दमुखी यस योजना सञ्चालनका लागि इकाई विक्री गरिएको हो ।

यस योजना सञ्चालनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार १० गते अनुमति दिएको थियो ।

तपाईको प्रतिक्रिया