प्रभु बैंकको संस्थापक तर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर साउन १५ गतेदेखि लिलामीमा आउने भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकेर साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याउन लागेको हो ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार विहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी , काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।

तपाईको प्रतिक्रिया