सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले बढेको छ । आज नेप्से २९.२३ अंकले बढेर तीन हजार ७९ दशमलब ६६ विन्दुमा पुगेको छ । त्यस्तै आज १५ अर्ब १७ करोड ६ लाख बराबरको कारोबार भएको छ भने १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयर बजार बढ्ने कम्पनीहरुमा मल्टीपर्पोज फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपाव डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, युनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनर, युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेड, सुनर्जी पावर डेभलपमेन्ट, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् ।

नेप्सेका अनुसार मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८६ रुपैयाँ, खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३४.४०, युनाइटेड मोदी हाइड्रोपावरको १० प्रतिशतले बढेर प्रतिकित्ता ४७९.६० रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ५७९.७० रुपैयाँ पुगेको छ ।

त्यसैगरि, जोशी हाइड्रोपाव डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३८२.८० रुपैयाँ, घलेम्दी हाइड्राको शेयरमूल्य आज १० प्रतिशतले बढेर ३७२.९० रुपैयाँ, हिमालयन उर्जा विकास कम्पनीको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३२ रुपैयाँ, जानकी फाइनान्सको ९.९९ ले बढेर प्रतिकित्ता ६२३.१० रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ९.९८ ले बढेर प्रतिकित्ता ४१४.४० रुपैयाँ, हिमालयन पावर पार्टनरको शेयरमूल्य ९.९१ ले बढेर ६३९ रुपैयाँ, युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडको ९.८९ ले बढेर प्रतिकित्ता ५८९ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको ९.४६ ले बढेर प्रतिकित्ता ५९० रुपैयाँ, रिलायन्स फाइनान्सको शेयरमूल्य आज ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८५ रुपैयाँ र आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य आज ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया