लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले पूराना लाभांश संकलन गर्न बाँकी शेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्म वितरण भएको नगद लाभांश नलिएका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश लिन अनुरोध गरेको हो ।

शेयरधनीहरुले उक्त लाभांश लघुवित्तको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्ने क्यापिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया