एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। क्यापिटलले मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

मञ्जुश्री फाइनान्सको शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ भने ज्योति विकास बैंकको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया