नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। नेरुडेले गत वर्ष चैत २२ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट पारित ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो। संस्थाले गत चैत ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको जनाएको छ।

चैत ६ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुका हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको पनि संस्थाले जनाएको छ। हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयरसमेत हितग्राही खातामै प्राप्त गर्न सक्ने संस्थाले स्पष्ट पारेको छ।

यसैगरी गत चैत ६ गतेसम्म सेयर धितो बन्दक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको हितग्राही खातामा जम्मा हुने संस्थाले जनाएको छ। त्यसका लागि कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न र सो मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्का रहे नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक पहल गर्नसमेत संस्थाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया