मंगलबार नेप्से सूचक सामान्य अंकले बढेर २७०० विन्दु माथि देखिएको छ। बजार खुल्ने वित्तिकै उच्च अंकको गिरावट देखिएपनि अन्तिम समयमा भने बजार सम्हालिन खोजेको देखिन्छ।
स दिन नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अंकले बढेको छ। मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४.६६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२८ प्रतिशत, महुली सामुदायीक लघुवित्तको ३.९९ प्रतिशत र सोल्टी होटलको ३.७३ प्रतिशतले बढेको छ।

यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.२६ प्रतिशत, माउन्टेन इनर्जी २.९४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको २.९१ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया