एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ।

एमएमबि हाइब्रिड फण्ड एल १  ले आज अर्थात असोज ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्नेछ भने एनएमबि फिफ्टीले भोलि (असोज ७ गते) देखि जम्मा गर्नेछ।

हाइब्रिड फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टीले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

लाभांश वितरण प्रयोजनार्थ यी दुबै फण्डले भदौ १८ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा सो लाभांश जम्मा गरिनेछ।

तपाईको प्रतिक्रिया