माछापुच्छ्रे बैंक लिमिटेडको  सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ कायम गरेको थियो । बंैकको चुक्तापुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

माछापुच्छ्रे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा र १७५ शाखारहित बैंकिङ सेवा, ७ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३४४ स्थानवाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । यसका साथै, बैंकको देशभर २०३ वटा एटीएम सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया