सानिमा बैंकले समेत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।

सानिमा बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वनयमा आउनेछ ।

कोभिडका कारण लकडाउन हुँदा अर्थतन्त्र समस्यामा परेको असहज अवस्थामा समेत बैंकहरुले एकपछि अर्को गर्दै दोहोरो अंकको लाभांश घोषणा गरेका हुन् । यसले बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढाउने देखिन्छ ।

तपाईको प्रतिक्रिया