प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको कुल १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८७ प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

Online Arthik










