गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ करोड ३४ लाख रुपैयाँको कुल १७.७९६२८८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १६.९०६४७४५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८८९८१४४ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया