लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ३२ करोड ४५ हजार रुपैयाँको कुल २७.३६८४१ प्रतिशतले हुन आउने ८ करोड ७५ लाख ९१ हजार २६३ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख ९ हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ। त्यस्तै ७.३६८४२१ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया