आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। आरएसडिसी लघुवित्तको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको नाफानोक्सान बाँडफाँड हिसाब तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ७ करोड ७० लाख ४८ हजार ३९३ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४२० रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया