मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया