साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३ औँ शाखा काठमाण्डौ उपत्यककाको नागार्जुन नगरपालिका–१ रानीवन प्लानिङमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटन शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले गरेका छन्। नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाण्डौ उपत्यकाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ।
राष्ट्रियस्तरको साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ। देशैभर शाखा सञ्जाल र दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।

Online Arthik










