रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोली अर्थात कात्तिक ४ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले कात्तिक १७ गते आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे जुमको सहायताबाट सञ्चालन हुनेछ।

सभाले रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

तपाईको प्रतिक्रिया