लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डाको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २७.३७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सोही सभाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










