
दर्शना मिडिया हाउस प्रा.लि ले सेवा आरम्भ गरेको छ । प्रा.लि. २०७८ कात्र्तिक १३ गतेदेखि समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय कलाकार ,राजनितिज्ञ,समाजसेवी लगायत अन्य व्यतिmत्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हास्यकलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौला ,निर्माता तथा निर्देशक निर्मल शर्मा ,निर्माता तथा अभिनेता अनुरागजगं कुवरं , नेपाली काङग्रेसका केन्द्रिय विभाग सदस्य श्याम कार्की,नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सघंका महासचिव राधेश्याम दाहाल तथा कारोबार राष्ट्रिय आर्थिक दैनिकका पत्रकार गोविन्द चापागाई लगायत अन्य स्थानिय कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रमुख तथा विशिष्ट अतिथिहरुको हातबाट दियो प्रज्जवलन गरी फ्रेममा रिबन काटेर उद्घाटन गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले दर्शना मिडिया हाउस प्रा.लि लाई बधाई तथा शुभकामना गर्दै निर्माता तथा निर्देशक दीपाश्री निरौलाले चाडैँ नै छक्का पन्जा ४ बनाउने घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा सम्पुर्ण अतिथि लगायत दर्शना मिडिया हाउसको टिमलाई मायाको चिनो प्रदान गरि स्थानिय कलाकारहरुको बेजोड प्र्रस्तुतिका साथ कागेश्वरी ९ स्थित दर्शना मिडिया हाउस प्रा.लि को समुद्घाटन कार्यक्रम स्टार बैंक्वेट, पेप्सीकोलामा भव्यताका साथ सम्पन्न भएको थियो ।