नवील बैंक लिमीटेडले यो पटक पनि सरप्राइज लाभांश घोषणा गरेको छ। दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

नवील बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सरप्राइज लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सेयरधनीहरुका लागि चुक्तापूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको बैंकस्थित स्रोतले जनाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकमध्ये नवीलको प्रस्तावित लाभांश सबैभन्दा उच्च हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको साधारणसभाबाट समेत पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

नवील बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । कोभिड प्रभाव तथा कतिपय नियामकीय व्यवस्थाका कारण बैंकहरुको लाभांश क्षमता घटे पनि यही विषम परिस्थितिमा नवीलले भने गत वर्षको भन्दा अझ बढी लाभांश प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया