प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयन गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया