पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर एकैपटक ७५ रुपैयाँले बढाएको छ । बढेको मूल्यपछि अब एक सिलिण्डरका लागि उपभोक्ताले १५७५ रुपैयाँ तिर्नुपर्नेछ ।

निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मूल्य पनि बढाएको छ । तीनै पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ तथा डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

यस्तै, निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

तपाईको प्रतिक्रिया