बुटवल पावर कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा ४६.१९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९.०८ प्रतिशतले बढेर २० करोड ७६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले १९ करोड ३ लाख रुपैयाँबराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो।
चुक्तापुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको कम्पनीले अन्य इक्विटीमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.५७ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस १.९३ रुपैयाँ रहेको थियो।
पीई रेसियो १९४.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २४०.०७ रुपैयाँ रहेको छ।

Online Arthik










