बैंक अफ काठमाण्डूले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १४ प्रतिशतल लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










