नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ ५० पैसा रहेको छ। ४० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५८ करोड ६७ लाख ७४ हजार ९७३ रुपैयाँ ५० पैसा पुग्नेछ।

Online Arthik










