महालक्ष्मी विकास बैंक९ःीद्यी०ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर १२ गते आईतबार दिनको ३ः३० वजे बसेको सभाले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १।०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश गरी कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभौश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ६६ करोड ८४ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड ८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।

तपाईको प्रतिक्रिया