नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख ६१ हजार ३३४ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने ४ करोड ३४ लाख २९ हजार ५५४ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया