
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।