
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ। लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समयाोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४२९ रुपैयाँ ६५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको शेयर प्रतिकित्ता ४८५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा जुम मिटिङ्ग मार्फत ११ः१५ बजेदेखि सञ्चालन गरिनेछ।
सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
यहि समायोजित मूल्यलाई आधार मानेर आज बैंकको शेयर कारोबार खुल्नेछ।