समृद्धि फाइनान्सले सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर २९ गते निष्कासनको अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया