कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुलाई १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर पोर्टलबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ।

कर्पोरेट डेभलपमेन्ट बैंकको यो हकप्रदमा आउँदो माघ २७ गतेसम्म आवेदन दिन पाइनेछ।

हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले यही पुस २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २२ गतेसम्म कायम सेयरधनीहरु (पुस २३ गते शुक्रबार र पुस २४ गते शनिबार) मात्र यो हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया