महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ४ गतेदेखि लिलामीमा ल्याएको ३ हजार ५०० कित्ता संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने अवधि दोस्रो पटक थप भएको छ । कम्पनीले यस पुस ११ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेकोमा पहिलो पटक सात दिन अवधि थप गरी पुस १८ गतेसम्म कायम गरेको थियो । यो अवधिमा पनि कम्पनीले दोस्रो पटक १० दिन थप गरी पुस २८ गतेसम्म कायम गरेको हो ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले यस अघि तोकेको मूल्य समेत घटाएको छ । यस अघि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ७३५ तोकिएकोमा यो मूल्य घटाएर प्रतिकित्ता रू. ६०५ तोकिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया