सेयर बजार परिसूचक नेप्से ३२ अंकले बढ्दै २६ सय बिन्दु पार गरेको छ । सोमबार नेप्से परिसूचक ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा पुगेको छ।

सोमबार ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स ५।८६ अंक, फ्लोट इण्डेक्स २.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ अंकले बढेको छ।

सोमबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। यस दिन कम्पनीको शेयरमूल्य १६ रुपैयाँ १० पैसा बढेर १७७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया लघुवित्त र साल्ट ट्रेडिङ्गको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।यस दिन रु रु जलविद्युत परियोजना, नेपाल बङ्गलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

तपाईको प्रतिक्रिया