
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन योग्य हुन आज पुस २० गते अन्तिम मौका रहेको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।
कम्पनीको यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
यो हकप्रद बिक्रीपछि कायम हुने चुक्तापुँजीको पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीले निर्णय गरेको छ।