नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

महासंघको आगामी शनिबार हुनगइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि मंगलबार अध्यक्ष पदमा  इच्छुकलाई उम्मेदवारी दिने समय दुई बजेसम्मको अवधी रहेको थियो । सो समयभित्र श्रेष्ठबाहेक अरुको उम्मेदवारी नपरेको हुँदा श्रेष्ठ निर्बिरोध निर्बाचित भएका हुन् । सुरेशमान श्रेष्ठ म्यारीगोल्ड ज्वेलर्सका सञ्चालक समेत हुन ।

महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएपछि उक्त पद खाली रहेको थियो ।

तपाईको प्रतिक्रिया