कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने आज पुस २५ गते अन्तिम मौका रहेको छ।

बैंकले आउँदो माघ ७ गतेबाट निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रदका लागि भोलि पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको हकप्रद भर्न योग्य हुनेछन्।

बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर पोर्टलबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ।

हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया