
काठमाडौं उपत्यका लगाएत देशैभर कोरोना बढ्दै गएपछि क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ ।
२०७८ माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक मेला कोभिड–१९ को तेश्रो लहरका कारण रोकिएको हो ।
कम्प्युटर एसोसियसन अफ नेपालका अध्यक्ष नवराज कुवरले अर्को निर्णय नभए सम्मका लागि मेला स्थगित गरिएको जानकारी दिए ।
२७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सुचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी तयारी पुरा भएको थियो ।