नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गते डाकेको विशेष साधारण सभा रद्द गरेको छ।

बैंकले हिमालयन बैंकसँग गाभ्ने गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको थियो। तर, पुस ३० गते बसेको हिमालयन बैंकको साधारण सभाले सो सम्बन्धि प्रस्ताव अस्वीकृत गरेपश्चात इन्भेष्टमेन्ट बैंकले साधारण सभा रद्द गरेको हो।

तपाईको प्रतिक्रिया