
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०६१.७१ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२१३ रुपैयाँ रहेको थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले यस अघि ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा बीमा समितिले कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले लाभांश दर संशोधन गर्दै १४.२५ प्रतिशत