मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३३.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ३०.८६ प्रतिशतले घटेर १० करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्मा यस्तो मुनाफा १५ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने २.२४ प्रतिशतले बढेर १९ करोड ७७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १९ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार ७.२२ प्रतिशतले बढेर ३६ करोड ४० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको रिजर्भमा ३३ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४० प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको कम्पनीले समीक्षा अवधिसम्म १० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

कम्पनीको वितरण योग्य मुनाफा भने १०९.४१ प्रतिशतले बढेर ५ करोड ८५ लाख रुपैयाँ भएको छ। वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ करोड ७९ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीले समीक्षा अवधिसम्म निष्क्रिय कर्जा (एनपीएल) घटाएर १.३० प्रतिशतमा सीमित पार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) ३.०१ प्रतिशत रहेको थियो।

कम्पनीले ईपीएस २३.४९ रुपैयाँबाट घटेर ११.१६ रुपैयाँमा झरेको छ। ईपीएसमा ५२.४९ प्रतिशतको गिरावट आएको हो।

पीई रेसियो ६७.९२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया