आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २४.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि २४.३२ प्रतिशतले घटेर १३ करोड २२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १७ करोड ४७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ३२.६६ प्रतिशतले बढेर २० करोड ९० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १५ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म कम्पनीले १५ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १२.५१ प्रतिशतले घटेर ५३ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ६० करोड ५८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जा दर (एनपीएल) बढेर १.०६ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.७६ प्रतिशत थियो।

सीडी रेसियो ८१.५५ प्रतिशत रहेको कम्पनीको आधार दर ९.७६ प्रतिशत रहेको छ।

कम्पनीको वार्षिककीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.९३ रुपैयाँबाट घटेर १६.४४ रुपैयाँमा झरेको छ। पीई रेसियो ४७.१४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.०३ रुपैयाँ र तरलता अनुपात २४.०८ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया