
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सोही सभाले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।